25.2 C
Nepal
Wednesday, February 5, 2025

सवा ५ लाख बढी कित्ता सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर बिक्रीमा, न्यूनतम मूल्य २८०

आजबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सवा ५ लाख बढी कित्ता सेयर लीलाम बिक्रीमा राखिएको छ।

यस कम्पनीले संस्थापक समूहको ५ लाख ३३ हजार ८६५ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो। यो सेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकेछन ।

सेयर खरिदका लागि काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक २ गतेसम्म तोकिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here