20.5 C
Nepal
Monday, September 16, 2024

व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न सरकारको आग्रह

परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् ।

इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले यसो भनेका हुन ।

मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको भन्दै अवस्थालाई राजनीतीकरण नगर्न समेत आग्रह गरेका छन ।

‘अवस्था संवेदनशील छ । त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ,’ उनले भने, ‘यो अवस्थालाई राजनीतीकरण नगरौं ।’

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here