सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आफ्नो अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने निर्णय गरेको छ ।
कम्पनीले कात्तिक १ गतेदेखि सेयर लिलाम खुलाउन लागेको छ । कम्पनिले यस अघि कम्पनीले भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म २: १ अनुपातमा निष्काशन गरेको हकप्रद सेयर निष्काशन गर्दा नबिकेको सेयर लिलाम प्रक्रिया मार्फतबाट बिक्री गर्न लागेको हो ।
लिलाम सेयरका लागि कात्तिक १ गतेदेखि कात्तिक १५ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८५७ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। जसमध्य आवेदन परेको ३४ लाख ६९ हजार ६१४ कित्ता हकप्रद सेयर, असोज १६ गते बाँडफाँड गरी बाँकी रहेको ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो।
यस कम्पनिको स्सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम ५ लाख ६३ हजार २६१ कित्ता सेयरका लागि आवेदन दिन सकिने छ ।