चिरख्वा हाइड्रोपावर लिमिटेडको आजबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने मिति तोकेको छ। कम्पनिले पहिलो चरणको आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेर बाँडफाँट गरिसकेको छ
कम्पनीले ८ लाख ५९ हजार ३०० कित्ता सेयर प्रति सेयर १०० रुपैयाँका दरले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीले स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको सहित सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो।
कम्पनिले स्थानिय बासिन्दाले नकिनेको सेयर समेत थपेर सर्बसाधारणलाई सेयर निस्कासन गर्ने भएको हो ।
तेस्तै पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ८० हजार कित्ता, कर्मचारीहरुका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि ४० हजार कित्ता निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
यस कम्पनिको आइपिओमा न्यूनतम -१० कित्ता र अधिकतम -१ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्
यस कम्पनिको आइपिओ निष्काशन बन्द छिटोमा असोज २६ गते हुनेछ उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा कात्तिक ३ गतेसम्म लम्बिन सक्ने छ ।
यस कम्पनिको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
यस कम्पनिलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।