नेपाल बैंकले कामु सीईओको जिम्मेवारी समता पन्तलाई दिएको छ।
असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले पन्तलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
बैंकका सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल गत असोज १४ गते समाप्त भएपछी सोही दिन बसेको समितिको बैठकले सीईओ नियुक्त नभएसम्मका लागि पन्तलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।
पन्त यसअघि नेपाल बैंकमा डीसीईओका रुपमा कार्यरत थिइन्।