मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ कृषि कम्पनीको आइपिओ कात्तिक १० गतेदेखि खुला हुने भएको छ । कम्पनिले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्नेछ।
यस कम्पनीले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति प्राप्त गरिसकेको छ।
कम्पनीले पहिलो चरणमा १४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ कलाख ४० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्नेछ।
यो आइपिमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्ने ब्यबस्था मिलाईएको छ ।
उनीहरुले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
यो आईपीओको निष्कासन बन्द आउँदो कात्तिक २४ गते बैंकिङ समयपछि हुनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ।
यो आईपीओको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।