7.4 C
Nepal
Saturday, January 25, 2025

अपर तामाकोसीको हकप्रद ७५ प्रतिसत बिक्री हुन बाँकी, हालसम्म २५ प्रतिसतमा मात्र आबेदन

कुनै बेला हकप्रद भन्ने बित्तिकै हकप्रद भर्न लगानिकर्ताहरु तछाडमछाड गर्थे । हकप्रद जारी गर्ने बित्तिकै कम्पनिको सेयर मुल्य आकासिने गर्थ्यो ।

तर अहिले धितोपत्र बोर्डले कमोजोर कम्पनिलाई पनी कम्पनिलाई हकप्रद जारी गर्न दिन थालेपछी लगानिकर्ताहरु हकप्रद भर्न छाडेका छन । धितोपत्र बोर्डका अध्यक्ष लाजै पचाएर हकप्रद जारी गर्ने नै कमजोर कम्पनीले बन्न थालेका छन । तर यसमा केही मात्र सत्यता छ । कम्पनिले ब्यवसाय बिस्तार गर्न पनि हकप्रद जारी गर्छन् ।

नियामकको यही व्यबहार र बोलिको प्रभाब अहिले कम्पनिहरुमा देखिन थालेको छ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद खुला छ । तर लगानिकर्ताले यसको हकप्रदलाई रुचाएका छैनन । मागबमोजिम आवेदन नपरेर यस कम्पनीको हकप्रदमा आवेदन दिने म्याद थप गरिएको थियो । अब हकप्रद भर्ने म्याद सकिन ५ दिन मात्र बाँकी छ तर आबेदन न्युन मात्रामा परेको छ ।

हालसम्म कम्पनिको कुल हकप्रदमध्ये २५ प्रतिशत हाराहारी खरीदका लागि मात्रै आबेदन परेको देखिन्छ ।

सिडीएससीका अनुसार यो समाचार तयार पार्दासम्म २ करोड ७० लाख हाराहारी हकप्रद खरीदका लागि मात्र आवेदन परेको देखिन्छ ।

हालसम्म कुल निश्कासित कित्ताको २५.५० प्रतिशत हकप्रद बिक्री भयो अब ७४.४९ प्रतिशत हकप्रद बिक्री हुन बाँकी छ । । अब आजसहित ५ दिन मात्र आबेदन दिने समय बाँकी रहेको छ ।

यो कम्पनीले सेयरधनीहरुलाई १०० प्रतिशत हकप्रद जारी गरेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका १० करोड ५९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको छ।

कम्पनीले गत भदौ १८ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको थियो। यसमा आवेदन दिने म्याद असोज ७ गतेसम्म थियो। तर, मागबमोजिम आवेदन नपरेकै कारण यो हकप्रद भर्ने म्याद बढाएर असोज २२ गतेसम्म पुर्याइएको हो ।

दोश्रो बजारमा कम्पनिको अन्तिम कारोबार मूल्य २११ रुपैयाँ प्रतिकित्ता रहेको देखिन्छ ।

कतिपयले यो कम्पनीको वित्तीय अवस्था कमजोर भएकोले, कतिपयले आर्थिक मन्दीको स्थिती रहेकोले, कतिपयले बजार डाउनट्रेन्डमा रहेको आदी कारण देखाउदै हकप्रद भरेका छैनन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here