20 C
Nepal
Monday, September 29, 2025

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बिक्री खुला

spot_imgspot_imgspot_img

आजदेखी माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँले हुन आउने १५ लाख कित्ता आईपीओ छुट्याएको थियो।

कम्पनिले १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ।

कम्पनीले ७५ हजार कित्ता सामूहिक लगानी कोषका लाग छुट्याएको छ।

त्यस्तै आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १ करोड २७ लाख ५० हजार कित्ता बिक्री गरिसकेको छ ।

हाल स्थाननिय बासिन्दाले नकिनेको ९ हजार २०० कित्ता समेत थपेर सर्वसाधारणलाई कुल १२ लाख ८४ हजार २०० कित्ता बिक्री खुला गरेको हो ।

यस आइपिओमा लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ निष्कासन बन्द छिटोमा असोज २२ गते र ढिलोमा कात्तिक २ गते बैंकिङ समयपछि हुनेछ।

यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here