मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आउदो असोज २५ गतेदेखि एफपीओ बिक्री खुला गर्ने निर्णय गरेको छ ।
यस लघुबित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ निष्कासन गर्नेछ।
कम्पनिको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन मिल्नेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।
यो एफपीओको निष्कासन बन्द छिटोमा असोज ३० गते र ढिलोमा कात्तिक ९ गते बैंकिङ समयपछि हुनेछ।
मिर्मिरे लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।