19.3 C
Nepal
Tuesday, September 17, 2024

१७ अङ्कले घट्यो सेयर बजार

आज सेयर बजार १७.५६ अङ्कले घटेको छ । आज ०.८८ प्रतिसतले घट्दै सेयर बजार १९५८.७२ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ४४ कम्पनिको मुल्य बढेको छ भने १८७ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब १९ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनिहरुमा समता घरेलु लघुबित्त, घलेम्दी हाइड्रो, हिमालयन लघुबित्त, आशा लघुबित्त, अप्पर हेवाखोला हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा सामुदायिक लघुबित्त, सिवाइसी नेपाल लघुबित्त, हुर्जा, रिभर फल्स पावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सिटिजन लाईफ इन्सुरेन्स, एनआइसी एसिया बैंक, रिलायबल नेपाल लाइफ इन्सुरेन्स, सिभम सिमेन्ट, सन नेपाल लाइफ इन्सुरेन्स लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here