26.6 C
Nepal
Wednesday, February 5, 2025

‘फ्री ब्यालेन्स’ हेरेर मात्रै सेयर बिक्री गरौँ, समयभित्रै ईडीआईएस गरेर जरिवानाबाट जोगीऔ : सीडीएससी

सीडीएससीले एक सुचना निकाल्दै सेयर बेच्दा ध्यान पुर्याउन आग्रह गरेको छ । सीडीएससीले ‘फ्री ब्यालेन्स’ रहेको यकिन गरेरमात्रै सेयर बिक्री गर्न लगानीकर्ताहरुलाई सचेत गराएको छ।

वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा सचेतनामूलक सूचना प्रकाशित गर्दै सीडीएससीले ‘मेरो सेयरमा फ्री ब्यालेन्स रहेको यकिन गरेरमात्रै सेयर बिक्री गर्नुपर्छ’ भनेको छ।

सीडीएससीले तोकिएको समयभित्रै ईडीआईएस नगर्दा २० प्रतिसत जरिवाना तिर्नुपर्ने हुनाले समयमै ईडीआईएस गर्न लगानीकर्ताहरुलाई आग्रह गरेको छ। ‘अन्यथा क्लोजआउटबापत २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ’, सीडीएससीले भनेको छ।

कारोबार गरेको भोलिपल्ट (टी प्लस वान)भित्र आफू बिक्री गरेको धितोपत्र सम्बन्धित ब्रोकरको पुल खातामा जम्मा गरिसक्नुपर्ने प्रावधान छ।

धितोपत्र कारोबारको राफसाफ फछ्र्यौट टी प्लस टु हुने भएकोले राफसाफ समयभित्र बिक्री गरेको धितोपत्र तथा खरिद गरेबराबरको रकम निर्धारित समयमा जम्मा गर्नुपर्छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here