10.1 C
Nepal
Saturday, December 21, 2024

बेनी हाइड्रोपावरले २० लाख भन्दा बढी कित्ता आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनिले त्यसका लागि आबस्यक प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) निवेदन दिँदै २० करोड ८० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्न अनुमति मागेको छ।

अब धितोपत्र बोर्डले अनुमति दिएपछी यो कम्पनीले १०० अंकित दरका कुल २० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ।

यस कम्पनिले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ जारी गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्नेछ।

बेनी हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here