19.9 C
Nepal
Monday, September 29, 2025

सरकारले २ लाख रूपैयाँ ‘अयोग्य लडाकु’ लाई दिने

spot_imgspot_imgspot_img

सरकारले माओवादीका बहिर्गमित लडाकुहरूलाई राहत दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले ‘अयोग्य’ लडाकुहरूलाई कार्यविधि बनाएर जनही दुई लाख रूपैयाँ दिने निर्णय गरेको हो।

‘यसअघि २०७३ सालमा बहिर्गमित लडाकुलाई दिने भनिएको रकम सर्वोच्च अदालतका कारण रोकिएको थियो।त्यही रकम अहिले दिन लागिएको हो,’ स्रोतले भन्यो, ‘कार्यविधि बनाएर प्रत्येकलाई दुई लाख दिने निर्णय भएको छ।’

नेकपा माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपछि अनमिनको प्रमाणीकरणमा नपरेका लडाकुहरू चार हजार हाराहारी छन्।

अनमिनले लडाकुहरूमध्ये ककसले युद्धमा भाग लिएका हुन् वा होइनन् र ककसको उमेर लडाकु हुन पुगेको छ कि छैन भनेर छानिबिन गरेको थियो। छानबिनका आधारमा युद्धमा भाग नलिएका र उमेर नपुगेकाहरूलाई ‘अयोग्य लडाकु’ भनी प्रमाणीकरण गरेको थियो।  

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here