8.5 C
Nepal
Friday, January 17, 2025

लगानिकर्ता थर्काउदै अर्थमन्त्रिले भने, तपाईंहरु जस्तोपायो त्यस्तै कम्पनिमा लगानी गर्ने, अनी डुब्दैनत ?

अर्थमन्त्री डा प्रकाशशरण महत लगानीकर्ताहरुलाई सेयरबजारको १२ करोडको कर्जा सिमा हटाउने बिषयमा अचम्मको जवाफ दिएका छन । उनको यो जवाफ सुन्दा लाग्थ्यो कि उनी अर्थमन्त्री नभएर कोही लगानिकर्ता हुन । जिम्मेवार पदमा बसेको ब्यक्तिले यसरी निरिह उत्तर दिन्छन भन्ने कसैले सोचेका थिएनन होला ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज काठमाण्डौमा वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महत प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए। कार्यक्रमलाई सकेर बाहिर कार्यक्रम स्थल बाहिर निस्किदा लगानीकर्ताहरुले अर्थमन्त्री महतलाई घेराउ गर्दै १२ करोड क्याप हटाउनुपर्ने माग गरेका थिए। लगानिकर्ताले अर्थमन्त्रिलाई, मर्ने अवस्था आईसक्यो, के गर्ने अर्थमन्त्रीज्यू भनेका थिए ।

त्यसको उत्तरमा अर्थमन्त्री महतले लगानीकर्ताहरुलाई थर्काउँदै भने ‘तपाइँहरु जे पायो त्यहीमा लगानी गर्नुहुन्छ। जस्तो पायो त्यस्तै कम्पनीमा लगानी गर्नुहुन्छ । अनि डुब्दैन त भनेका थिए ।

लगानीकर्ताहरुले उत्तरमा ‘होइन, यो त पोलिसीकै कारण यस्तो भएको हो नि हजुर’ भन्दै अर्थमन्त्रीलाई १२ करोडको सिमा हटाउन पुर्ने फेरी सम्झाए ।

जवाफमा अर्थमन्त्री महतले ‘मैले १२ करोडको क्याप हटाऊ भनेर गभर्नरलाई भनेकै हुँ, मान्दैनन् त मैले के गरुँ ?’ भन्दै कार्यक्रमस्थलबाट बाहिरिएका थिए।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here