आज असोज १४ गते सिटिजन्स बैंक इन्टरनेसनलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको हुनाले आजसम्म कायम सेयरधनीहरु बैंकको लाभांश पाउन योग्य हुनेछन ।
बैंकले आफ्नो १७ औँ वार्षिक साधारणसभा असोज २६ गते काठमाण्डौको कालिकास्थानस्थिन अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.७९ प्रतिशतका दरले हुन आउने रु. ८२ करोड २१ लाख ६१ हजार ६५२.९६ बराबरको नगद लाभांश (करसमेत) पारित गर्नेछ। सोही सभाले उक्त आर्थिक वर्ष वार्षिक र लेखापरीक्षको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।