28 C
Nepal
Monday, September 29, 2025

सोनापुर मिनरल्सले प्रिमियम मूल्यको आइपीओ खुला, अधिकतम १५ लाख कित्तासम्म खरीद गर्न सकिने

spot_imgspot_imgspot_img

आजबाट सोनापुर मिनरल्स एन्ड आयलले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता २३७.५८ रुपैयाँका दरमा आइपिओ खुलाएको हो ।

कम्पनीले स्थानिय बासिन्दाले नकिनेको १४ लाख ३ हजार ५ कित्ता सेयर थपेर कुल ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ बिक्रीमा राखेको छ ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने १ अर्ब २३ करोड २० हजार रुपैयाँको कुल १ करोड २३ लाख २०० लाख कित्ता आईपीओ ल्याउने अनुमति पाएको थियो।

कम्पनीले उद्योग प्रभावित स्थानीयका लागि १०० अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ बिक्री गरिसकेको छ।

यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १६ हजार ५६८ कित्ता बिक्री गरिसकेको छ।

कम्पनीले सामूहिक लगानी कोषलाई ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीलाई ६ लाख ८ हजार २८४ कित्ता छुट्याएको छ।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

सोनापुर मिनरल्सको आईपीओको निष्कासन बन्द छिटोमा असोज १७ गते र ढिलोमा असोज २८ गते बैंकिङ समयपछि हुनेछ।

आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here