21.2 C
Nepal
Monday, September 16, 2024

प्रधानमन्त्रीलाई माधव नेपालले पत्र लेख्दै भने : आर्थिक मन्दीले समाजमा अराजकता थपियो, निराशा बढ्यो

नेकपा एसका तर्फबाट ध्यानाकार्षण पत्र लेख्दै अध्यक्ष माधव नेपालले आर्थिक संकटबाट उत्पन्न परिस्थितिका कारण धार्मिक–साँस्कृतिक द्वन्द्व पनि देखा परेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालले मुलुकको मुख्य समस्या आर्थिक मन्दी रहेको र त्यसकै कारण समाजमा निराशा, कुण्ठा, अराजकता विस्तार भएको बताएका छन् ।

‘जनतामा ब्याप्त निराशा–हतासाको यस्तै अवस्थालाई प्रयोग गर्दै कतिपय अवान्छित तत्वहरु हाम्रो समाजमा जातीय, धार्मिक–साँस्कृतिक द्वन्द्व मच्चाउने समेत लागि परेका छन्’, पत्र लेख्दै नेपालले भनेका छन ।

देशमा देखिएका संकटको समाधान नगर्ने हो भने देशमा थप भयाबह स्थिती आउन सक्ने पत्रमा भनिएको छ ।

‘त्यसैले अहिलेको संकटको गम्भीरताप्रति सरकारको ध्यान जाओस् र आवश्यक आर्थिक, वित्तीय र मौद्रिक कदम चालियोस् भन्ने ध्यानाकर्षण गर्न चाहन्छौं’, पत्रमा भनिएको छ ।

सरकारले भ्रष्टाचार र सुशासनका पक्षमा लिएका कदमको जनस्तरबाट समर्थन भए पनि आर्थिक क्षेत्रको समस्या समाधानमा भने सरकारको ध्यान नपुगेको एकीकृत समाजवादीले बताएको छ ।

उत्पादन र आयात घटेको, युवा र दक्ष जनशक्ति विदेश पलायन भएको, पुँजीगत खर्च घटेको, बैंकमा पर्याप्त रकम भए पनि ब्याजदर बढी भएर लगानी घटेको उसको दाबी छ । उद्योग व्यवसाय आम रुपमा घटेको, उद्योगी व्यवसायीमा निराशा देखिएको र रोजगारी गुम्दै गएको पनि ध्यानाकर्षणपत्र पत्रमा उल्लेख गरिएको छ ।

यही कारण श्रमजीवी, मजदुर तथा गरिबको जीवन कष्टकर हुँदै गएको र उद्योगी व्यवसायीले बैंकको ब्याज र किस्ता तिर्न नसक्ने स्थिती आई निराशा थपिएको बताएका चन ।

‘यी समस्या आजै सिर्जना भएका होइनन्, तापनि यसको सम्बोधन गर्नु र आम जनतालाई आश्वस्त पार्नु सरकारको दायित्व हो’, पत्रमा लेखिएको छ ।

हेर्नुहोस् ध्यानाकर्षणपत्र

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here