त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २.७ किलो सुन बरामद भएको छ ।फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलाबाट प्रहरीले उक्त सुन बरामद गरेको हो ।
आगमन कक्षमा ती महिलामाथि शंका लागेर चेकजाँच गर्दा महिलाले भित्री वस्त्रमा लुकाएको तरल अवस्थामा रहेको सुन बरामद भएको हो ।
प्रहरीले उक्त सुन र सुन ल्याउने महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ ।
सुन कहाँबाट ल्याइएको थियो र कहाँ लगिदैछ भन्ने विषय खुलेको छैन ।