8.5 C
Nepal
Friday, January 17, 2025

यती एयरलाइन्सको ४९% सेयर किन्दै एसियन लाइफ, बीमा प्राधिकरणले दियो अनुमति

एसियन लाइफ इन्स्योरेन्सले यती एयरलाइन्सको ४९ प्रतिसत सेयर खरिद गर्ने भएको छ । त्यसका लागि बिमा प्राधिकरणले अनुमति दिएको छ।

एसियन लाइफले यती एयरलाइन्सको सेयर किन्न प्राधिकरणमा प्रस्ताव पेस गरेको थियो । नेपाल बीमा प्राधिकरणले सबै मापदण्ड हेरेर एसियन लाइफलाई यती एयरलाइन्सको सेयर खरिदका लागि अनुमति दिएको छ ।

एसियन लाइफले अधिकतममा प्रतिकित्ता १७० रुपैयाँसम्म यतिको सेयर किन्न अनुमति पाएको हो । एसियन लाइफले केही महिनाअघि यती एयरलाइन्सको डीडीए तयार सेयर किन्नका लागि अनुमती मागेको थियो ।

कम्पनिको आर्थिक संकट गहिरिएपछी व्यवसायलाई चलायमान बनाउन र बिस्तार गर्न यती एयरलाइन्सले आफ्नो सेयर बिक्री गर्ने निर्णय गरेको थियो। सेयर बिक्रीबाट प्राप्त रकम यतिले थप व्यवसाय विस्तार गर्न प्रयोग गर्नेछ ।

अब यती एयरलाइन्सले आईपीओ पनि ल्याउदै छ। आईपीओ ल्याउने उदेस्यले ३ महिनाअघिमात्रै कम्पनी प्रालिबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो।

हाल यती एयरलाइन्सको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

प्राधिकरणले एसियन लाइफलाई अधिकतममा १ अर्ब ७५ करोड रुपैयाँसम्म यतीमा लगानी गर्न स्विक्रिती दिएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here