7.4 C
Nepal
Saturday, January 25, 2025

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले प्रयत्न गरेन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्न प्रयत्न नगरेको बताएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न राम्रो प्रयत्न नगरेको आरोप लगाएका हुन्।

दैनिक उपभोग्य वस्तुहरूको अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको जनाए ।

मूल्यवृद्धि हुनुपर्ने कुनै कारण नहुँदा पनि मूल्यवृद्धि भइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

‘यसरी अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको छ, त्यसलाई नियन्त्रण गर्ने सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन। अन्धाधुन्ध भाउ एकैचोटी बढाउने। कुनै औचित्य छैन त्यसमा,’ उनले थपे, ‘थोरै-थोरै बढाउनु त एउटा कुरा होला। त्यो बढाउँदा पनि कहीँ छलफल गर्नुपर्ने होला। तर जसरी आफ्नो हिसाबले बढाउने काम भइरहेको छ, यस सन्दर्भमा सरकारको ध्यान हामी पनि आकर्षित गराउन चाहन्छौं।’

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here