चिरख्वा हाइड्रोपावर लिमिटेडले आउदो असोज २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ खुला गर्ने भएको छ ।
कम्पनिले कुल ८ लाख ५९ हजार ३०० कित्ता १०० अंकित सेयर सार्वसाधारणलाई बिक्री खुला गर्नेछ। यो सेयरमा आयोजना प्रभावित स्थानीयकाले नकिनेको १ लाख ९५ हजार ३०० कित्ता सेयर थपिएको हो ।
कम्पनीले आफ्नो कर्मचारीलाई १६ हजार कित्ता र सामूहिक लगानी कोषलाई ४० हजार कित्ता सेयर बाँडफाँड गरिसकेको अवस्था छ।
लगानिकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता खरिद आवेदन दिन सक्ने ब्यबस्था मिलाइनेछ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
चिरख्वा हाइड्रोपावरको आईपीओ निष्कासन बन्द छिटोमा असोज २६ गते र ढिलोमा कात्तिक ३ गते बैंकिङ समयपछि हुनेछ।
यो आईपीओको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।