आउदो आइतबारबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर दोश्रो बजारमा कारोबारमा आउने भएको छ।
आज सिटिजन लाइफको सेयर नेप्सेमा सूचीकृत भएको छ। नियमअनुसार भोलीबाट कारोबारमा आउनुपर्ने भएतापनी भोलि बिहीबार इन्द्रजात्राको सार्वजनिक बिदा र पर्सि शुक्रबार परेको हुनाले आइतबारबाट मात्र दोश्रो बजारमा कारोबारमा आउने छ ।
कम्पनिको १०० अंकित दरका कुल ३ करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। कुल सेयरमध्ये संस्थापक समुहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर रहने छ।
यो कम्पनिले ‘सीएलआई’ कारोबार संकेत प्राप्त गरेको छ। आईतवारका लागि कम्पनीले प्रतिकित्ता न्यूनतम मुल्य १७२.४३ रुपैयाँ र अधिकतम मुल्य ५१७.२९ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ।
अब आइतबारको स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर तोकिएको रेन्जमा कारोबार भएपछी नियमित कारोबारमा आउने छ ।