20.7 C
Nepal
Thursday, September 19, 2024

अब आईपीओ भर्दा खातामा पैसा नभए तत्कालै आइपिओ रिजेक्ट हुने, कार्यविधि पारित

अब आईपीओ भर्दा बैंक खातामा पैसा नभएको अवस्थामा आइपिओ भरेमा तत्कालै रेजेक्ट हुने भएको छ ।

यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एपीआईसम्बन्धी कार्यविधि पारित गरेको छ । कार्यबिधी पारित भएसङ्गै अब यो ब्यबथा लागु हुने छ ।

धितोपत्र बोर्डले गत असोज २ गते एपीआईसम्बन्धी कार्यविधि पारित गरेको थियो । यो व्यवस्था लागू भएपछि अबदेखी आईपीओमा आबेदन दिदा बैंक खातामा पैसा भए तत्कालै भेरिफाई हुनेछ भने यदी खातामा पैसा छैन भने तुरुन्तै रिजेक्ट हुनेछ ।

धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा मेम्बरहरुलाई चाहिने डाटा अब एपीआईमार्फत उपलब्ध हुनेछ । यसका लागि मेम्बरहरुले आबस्यक प्रणाली भने विकास गर्नुपर्छ ।

यो व्यवस्था लागू भएसँगै हातले गर्नुपर्ने काम अब सिस्टमले गरिदिने छ । रियल टाइम डाटामा एक्सेस भएपछी भेरीफाइ र रेजेक्ट सिस्टमले नै ग्र्नेछ ।

कार्यविधि पारित भइसकेकोले अब सीडीएससीको सञ्चालक समितिको बैठकले निर्णय गरेर लागु गर्नेछन । यो ब्यबस्था असोज महिनाभित्रै लागु हुन सक्ने सम्भाबना रहेको छ । तर कुनै प्राबिधिक तयारी नपुगेमा केही समय लाग्न सक्नेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here