26.6 C
Nepal
Wednesday, February 5, 2025

मिड सोलु हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै, करिब १३ लाखको हात खाली हुने

मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा आज बुधबार बाँडफाँड हुने भएको छ ।

धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आईपीओ बाँडफाँड कार्यक्रम बिजुलीबजारस्थित कार्निभल रेस्ट्रोमा साँझ ५ बजे गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँबराबरको १०० अंकित दरका कुल ६ लाख २१ हजार १७२ कित्ता बिक्री खुला गरिएको थियो।

सीडीएससीका अनुसार यो आईपीओ अन्तिम दिनसम्म १३ लाख ५४ हजार ८४६ आवेदकले कुल १ करोड ५१ लाख २२ हजार २५० कित्ता सेयर माग गरेका थिए। यो आबेदन मागभन्दा २४.३४ गुणाले बढी हो।

यस आईपीओमा गोलाप्रथाबाट भाग्यमानी ६२ हजार ११७ अवेदकले १० कित्ताकादरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। त्यस्तै १२ लाख ९२ हजार ७ सय २९ जना आबेदकको हात खाली हुनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here