15.6 C
Nepal
Wednesday, February 5, 2025

एमालेका तीन पूर्वअर्थमन्त्रीको एउटै भनाइ -‘१२ करोडको सिमा हटाऊनुपर्छ, जोखिम भार घटाऊनुपर्छ ‘

काठमाण्डौमा मंगलबार आयोजित ‘निजी क्षेत्रसँग एमाले’ नामक अन्तर्क्रियामा तीन पूर्वअर्थमन्त्रीले सबैको अभिभाबक सरकार नै भएकाले सरकारले सबै निकायसङ्ग समन्वय गरेर पुजिबजारका समस्या समाधान गर्नुपर्ने बताएका छन । उनीहरुले निजी क्षेत्र तथा पुँजीबजारका समस्या हल गर्ने मुख्य जिम्मेवारी सरकारको भएको जिकिर गरेका छन ।

अरुको थाप्लोमा दोश थोपरेर समस्याबाट सरकार पंक्षिन नमिल्ने उनिहरुको तर्क थियो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री युवराज खतिवडाले सेयरबजारका समस्या समाधान गर्न प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नर तथा धितोपत्र बोर्डका अध्यक्ष मिल्नुपर्ने र समन्वय गरेर अघी बढ्नु पर्ने बताए । ‘अहिलेको अवस्थामा सेयर लोनमा १२ करोडको क्याप लगाउनु गलत हो’ । उनले भने ‘आज बजार निकै तल्लो विन्दुमा छ। यस्तो बेलामा १२ करोडको क्याप र जोखिम भार १५० प्रतिशत लगाउनुको कुनै अर्थ छैन। जोखिम भार घटाउनुपर्छ।’

पूर्व अर्थमन्त्री खतिवडाले धितोपत्र बोर्डले पनि बजार घटेको आइपीओ र हकप्रद ल्याउन धामाधम अनुमती दिएर सप्लाई मात्र बढाउनु तर माग सिर्जना नगर्नु गलत भएको बताए । ‘धितोपत्र बोर्डले पनि आफ्नो काम राम्रोसँग गर्नु पर्यो ‘ ।

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले समेत सेयर कर्जामा १२ करोड सिमा हटाउदा हुने धारणा राखे । ‘अहिले जोखिम भार १५० प्रतिशत लगाउन आवश्यक छैन, जोखिम भार घटाउनुपर्छ।’

उनले सरकारले गभर्नरलाई काम लगाउन नसक्ने र दोषमात्र लगाउने काम पनि उचित नभएको पाण्डेले बताए। सरकार पनि यस बिषयमा चुकेको उनको भनाइ थियो ।

हाल देशमा ऋण बढेको तर प्रतिफल नबढेको भन्दै उनले भने ‘अहिलेको अर्थतन्त्र ऋण लिन पनि नसक्ने र दिन पनि नसक्ने अवस्थामा छ’, उनले भने।

पाण्डेले सेयर बजारमा बैंकहरुले कुल ऋणको २ प्रतिशतमात्र होइन बढाएर ५ तथा बढी नै बनाउँदा पनि समस्या नहुने बताए।

उक्त कार्यक्रममा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमाले सरकारमा हुँदा सेयर बढ्ने र बाहिरिदा घट्ने गरेको भन्दै भने ‘हामीले लिने सही नीतिले सेयर बजार बढेको थियो’, पौडेलले भने, ‘त्यसैले सेयर बजारमा सुधार ल्याउन नीतिगत परिमार्जन हुन आवश्यक छ।’

उनले उद्योग–व्यवसाय र पुँजीबजारमा हाल देखिएका समस्या समन्वय तथा छलफलबाट समाधान सरकारलाई सुझाए ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here