21.7 C
Nepal
Thursday, September 19, 2024

सेयर बजारका सम्बन्धमा एमाले चिन्तीत छ , ब्याजदरका विषयमा राष्ट्र बैंकसँग छलफल गरेको छः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बित्तिय क्षेत्रका समस्या र ब्याजदरका सम्बन्धमा राष्ट्र बैंकसङ्ग छलफल गरेको बताएका छन ।

एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने – ‘अहिले बैंकिङ सेक्टरमा देखिएका समस्या र ब्याजदरलाई लिएर उद्योगी–व्यवसायीहरुले उठाइरहेका मागका विषयमा एमालेले राष्ट्र बैंकसँग छलफल गरेको छ’ ।

सेयर बजारको पछिल्लो अवस्थाबारे जानकार रहेको र सेयर बजारबारे चिन्तित रहेको भन्दै उनले भने ‘सेयर बजारमा पछिल्लो समय समस्या देखिएको छ, समस्या समाधानका लागि सरकार र नियामकबाट पहल हुनुपर्छ। अन्यथा सेयर बजार रहन्छ कि रहन्न भयो।’

अर्थतन्त्रको अवस्था नाजुक रहेको भन्दै ओलिले अगाडि भने ‘हामीले सरकारको आलोचना गर्न खोजेको होइन तर अर्थतन्त्र नाजुक अवस्थामा छ’, उनले भने, ‘देशमार रोजगारी छैन, युवाशक्ति विदेश पलायन भइरहेका छन्।’

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here