27.1 C
Nepal
Tuesday, October 22, 2024

प्रधानमन्त्रीलाई विष्णु पौडेलको सोधे : एमालेविना कस्तो खालको राष्ट्रिय सहमति ?

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रिय सहमति अरोन्य रोदनको विषय नभएको बताएका छन् ।

एमाले उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई कस्तो राष्ट्रिय सहमति खोजेको भनेर प्रश्न गरे । प्रधानमन्त्री बन्न समर्थन लिने र बनेको भोलिपल्ट शत्रुताको सम्बन्ध राख्दै एमालेलाई एक्ल्याउने प्रयास भएको उनले बताए ।

संसदको सिट संख्याका हिसाबले दोस्रो र जनमतको हिसाबले एमाले पहिलो दल भएको भन्दै उपाध्यक्ष पौडेलले भने, ‘एमाले विनाको सहमति कस्तो राष्ट्रिय सहमति हो ? म सम्माननीय प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, एमालेविना राष्ट्रिय सहमति सम्भव छ कि छैन ?’

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै पौडेलले राष्ट्रका साझा चुनौतीको सामना गर्न र अभिभाराहरु पूरा गर्न सिंगो देश र संसदमा भएका दलहरुबीच सहमति हुनुपर्ने बताए । तर त्यसका लागि सहमति उन्मुख गतिविधि गर्नुपर्ने भन्दै उनले भने, ‘सहयात्रीलाई घोक्राएर निकाल्ने, अनि सहमतिको कुरा गर्ने मेल खाने विषय होइन ।’

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here