20.7 C
Nepal
Thursday, September 19, 2024

आयल निगम आईपीओ ल्याउने तयारी गर्दै

नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मंगलबार नेपाल एलपी ग्यास उद्योग संघको २८ औँ वार्षिक साधारणसभामा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी भइरहेको बताएका हुन्।

सर्वसाधारणलाई आईपीओ जारी गर्ने योजनामा रहेको निगम यसका लागि विभिन्न प्राविधिक पक्षको अध्ययन गरिरहेको छ।

थानीले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औँ पटक संशोधन भएको बताए। ‘कम्तीमा दुई आर्थिक वर्ष फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने व्यवस्था छ, निगम यसमा प्रतिवद्ध छ अब , जनतालाई नै ओनरसिप बनाउने हो ,उनले भने ।

सरकारमातहतका ३६ वटा सार्वजनिक संस्थानमध्ये नेपाल आयल निगममा सरकारको सतप्रतिशत लगानी छ। आईपीओ जारी भएमा निगममा जनताको स्वामित्व पनि कायम हुनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here