20.4 C
Nepal
Wednesday, September 18, 2024

गभर्नर अधिकारी र धितोपत्र बोर्ड अध्यक्ष हमालबिच भेटघाट, पुजिबजारका बारे छलफल

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबिच भेटघाट भएको छ ।

भेटमा पुजिबजार,भेन्चर क्यापिटल, र प्राइभेट ईक्विटी लगायत अन्य समसामयिक बिषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।

बिशेषत पूजी बजारका बिषयमा १२ करोडको सिमा सम्बन्धमा लगानिकर्ताको बिशेष चासो रहेको छ । स्रोतका अनुसार राष्ट्र बैंकका गभर्नर मार्जिन ट्रेडिङ मार्फत धितोपत्र बोर्डले ब्रोकरमार्फत सेयर बजारमा ॠण सम्बन्धी ब्यबस्था गरोस भन्ने चाहन्छन । बोर्ड अध्यक्ष हमालसङ्ग सेयर ॠण सम्बन्धमा छलफल भएपनी केही निस्कर्षमा नपुगेको बताईएको छ ।

अर्थमन्त्रीले समेत केही समयअघी सिमा बढाएर १२ करोड लाई १८ करोडसम्म बनाउन सकिने बताइरहेको सन्दर्भमा भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो भेटले कुनै निस्कर्ष नदिएपनी १२ करोडको सिमा परिमार्जन गर्न दबाब सिर्जना गर्ने लगानिकर्ताले अपेक्षा गरेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here