नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ ।
महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्रअंकितत ‘मेडालियन सिक्का’को बिक्रीवितरण सुरु गरेको छ।
बबरमहलस्थित टक्सार महाशाखामा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन्। महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री सुरु गरेको छ।
१० ग्राम सिक्काको रु. १ हजार ६०० र २५ ग्राम सिक्काको रु.४ हजार मूल्य निर्धारण गरिएको छ। बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का तयार पारीन्छ ।
बैंक सञ्चालक समितिको गत जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो।
दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ। दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ।