13.2 C
Nepal
Wednesday, February 5, 2025

प्रिमियममा ९७ लाख कित्ता आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

सोनापुर मिनरल्स एन्ड आयलले यही असोज १४ गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गर्ने निर्णय गरेको छ।

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता २३७.५८ रुपैयाँमा आईपीओ बिक्री गर्ने छ । कम्पनीले कुल ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ जारी गर्नेछ ।

स्थानीयलाई जारी गर्दा स्थानियले नकिनेको १४ लाख ३ हजार ५ कित्ता सेयर पनि सर्बसाधारणका लागि थपिनेछ ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने १ अर्ब २३ करोड २० हजार रुपैयाँको कुल १ करोड २३ लाख २०० लाख कित्ता आईपीओ ल्याउने अनुमति पाएको थियो।

कम्पनिले स्थानियबासीका लागि आइपिओ बाडफाड गरिसकेको छ । तथापी स्थानियलाई जारी गरेको आइपिओ थोरै मात्र बिक्री भएको थियो त्यसैले १४ लाख हाराहारी कित्ता सर्बसाधारणका लागि थपिएको छ ।

यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १६ हजार ५६८ कित्ता बिक्री गरिसकेको छ।

कम्पनीले सामूहिक लगानी कोषलाई ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीलाई ६ लाख ८ हजार २८४ कित्ता छुट्याएको छ। अब स्थानीयमा बिक्री नभएको कित्तासहित कुल ९७ लाख ३२ हजार ५४४ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

सोनापुर मिनरल्सको आईपीओको निष्कासन बन्द छिटोमा असोज १७ गते र ढिलोमा असोज २८ गते बैंकिङ समयपछि हुनेछ।

आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here