8.1 C
Nepal
Saturday, January 18, 2025

काठमाडौं महानगरको टोली पठनपाठन भए/नभएको अनुगमन गर्न निस्कियो

काठमाडौं महानगरपालिकाको टोली विद्यालयहरुमा पठनपाठन भए/नभएको अनुगमनमा निस्किएको छ । टोलिमा उपमेयर पनि रहेकी छिन ।

पठनपाठन अवरुद्द रहेछ भने अनुगमनकै क्रममा टोलीले निर्णय गरेर कारबाही गर्ने तयारी महानगरको रहेको छ ।

बुधबारबाट देशभरिका विद्यालय बन्द गरी शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौं केन्द्रित आन्दोलनमार्फत सरकारले ल्याएको शिक्षा विधेयकको विषयमा उनीहरुल बिरोध गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकाले शिक्षा विधेयकमा असहमति रहेको भए पनि पठनपाठन अबरुद्ध गरेर आन्दोलन गर्न नहुने र गरेमा कारबाही गर्ने भनेको थियो ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहले विद्यालयमा पठन पाठन बन्द भएमा कानुनअनुसार कारबाही गरिने जनाउ दिएका छन् ।

यता आन्दोलनरत शिक्षकहरुको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघको काठमाडौं महानगरपालिका समितिले भने आफूहरुले बिदाका दिनमा विद्यालय खोलेर पठनपाठन गराउने र काठमाडौं महानगरपालिकाले निकालेको विज्ञप्ति धम्कीपूर्ण र खेदजनक भएको पनि जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here