9.4 C
Nepal
Monday, January 20, 2025

हाथवे इन्भेस्टमेन्टको आईपीओ बाँडफाँड

हाथवे इन्भेस्टमेन्ट नेपालको आइपिओ बाँडफाँड भएको छ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमईको कार्यालयमा बिहान ९ आइपिओ बाडफाड भएको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनिले २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ ।

सर्वसाधारणका लागि २४ लाख २७ हजार ७५० कित्तामा आवेदन दिन पाउने व्यवस्था थियो।

क्यापिटलका अनुसार यो आईपीओमा १२ लाख ७० हजार ९९१ आवेदकबाट कुल २ करोड ९७ लाख ५९ हजार ८२० कित्ता सेयर माग भएको थियो। जसमा १२ लाख ६७ हजार ७०९ आवेदकबाट परेको २ करोड ९६ लाख ५१ हजार ५२० कित्ता सेयर सदर भएको छ । बाँकी आबेदन बाँदर भएको छ ।
यस आईपीओमा गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १ लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले सेयर पाएका छन्।

यो आईपीओमा ११ लाख ४६ हजार ३२२ आवेदकको हात खाली भएको छ।

यो आईपीओ नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासनकर्ता कम्पनीको वेबसाइटमा तथा सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here