8.5 C
Nepal
Friday, January 17, 2025

मिड सोलु हाइड्रोपावरको आइपिमा आबेदन दिने आज अन्तिम दिन, १८ गुणाले ओभरसब्स्क्राइब्ड

आज असोज २ गते मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवदेन दिने अन्तिम दिन रहेको छ।

यो आईपीओमा आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिने छ।

कम्पनीले सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँबराबरको १०० अंकित मुल्यका कुल ६ लाख २१ हजार १७२ कित्ता बिक्री खुला गरिएको छ।

कम्पनिले आयोजना प्रभाबित र बैदेशिक रोजगारमा गएकाहरुलाई आइपिओ बाडफाड गरिसकेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन्।

सीडीएससीका अनुसार यो आईपीओ हिजो असोज १ गते साँझसम्म १० लाख ३० हजार ७४२ आवेदकबाट कुल १ करोड १६ लाख ३० हजार ५२० कित्ता सेयर खरिद आवेदन परेको छ। यसरी हेर्दा आइपिओ हालसम्म १८.७२ गुणाले ओभरसब्स्क्राइब्ड भएको छ ।

यसमा अब गोलाप्रथाबाट आइपिओ बाअडफाड हुनेछ । भाग्यमानी ६२ हजार ११७ अवेदकले १० कित्ताकादरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here