19.9 C
Nepal
Sunday, September 28, 2025

ओरियन्टल होटेल्सले लाभांश घोषणा गर्‍यो

spot_imgspot_imgspot_img

ओरियन्टल होटेल्स लिमिटेडले लाभांश घोषणा गरेको छ।

होटेल्स कम्पनी सञ्चालक समितिको सोमबार बैठकले आर्थिक वर्ष २०७९–८०को नाफाबाट हालको चुक्तापुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार ४३७.७३ रुपैयाँको ५.२६३२ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकले कम्पनिको २६ औँ वार्षिक साधारणसभा आगामी असोज २५ गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुने गरी बोलाएको छ ।

साधारण सभाले प्रस्तावित लाभांश अनुमोदन परे पस्चात लगानिकर्ताले लाभांश पाउनेछन ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज १२ गतेदेखि असोज २५ गतेसम्म बुक क्लोज गर्ने भएकोले असोज ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो होटेल्सको लाभांश पाउनेछन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here