प्राइम कमर्सियल बैंकले राष्ट्र बैंकको ब्याजदरसम्बन्धी नियम मिचेर घोषणा गरेको ब्याजदर सच्याएको छ ।
प्राइम बैंकले आइतबार नियमबिपरित बढाएको ब्याजदर राष्ट्र बैंकले कारबाहिको चेतावनी दिएपछी आज आइतबार सार्वजनिक ब्याजदरलाई सच्याएको छ ।
राष्ट्र बैंकको निर्देशन नं १५/०७९ मा सम्बन्धित वर्गका बैंकले प्रकाशित गरेको औसत ब्याजदरको १० प्रतिशतभन्दा ब्याज बढाउन नमिल्ने व्यवस्था छ । प्राइम बैंकले मुद्दति निक्षेपमा सर्कुलरअनुसार ब्याज बढाए पनि बचत खातामा भने नियमविपरीत ब्याज बढाएको थियो ।
बैंकले सच्याएको नयाँ ब्याजदरमा व्यक्तिगत मुद्दति निक्षेपमा ११.०५४ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ९.०५४ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै बचतमा ६.०५४ देखि ९.०५४ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
बैंकले आइतबार सार्वजनिक गरेको ब्याजदरमा व्यक्तिगत मुद्दति निक्षेपमा ११.५३८ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ९.३५८ प्रतिशत ब्याजदर दिने बह्निएको थियो । त्यसैगरी बचतमा ६.३५८ देखि ९.३५८ प्रतिशतसम्म थियो ।
भाद्र महिना बाणीज्य बैंकको बचत निक्षेपमा औसत ब्याजदर ५.५०४ प्रतिशत थियो ।
अघिल्लो महिनाको औसत ब्याजदरको १० प्रतिशत भन्दा बढी ब्याज बढाउन नपाउने नियमअनुसार असोजमा बचतको ब्याजदर ६.०५४ प्रतिशतभन्दा माथि पुर्याउन मिल्दैन ।
तर, प्राइमले बचतमा ६.३५८ प्रतिशत ब्याज दिएको थियो । भदौमा बैंकहरुको मुद्दति निक्षेपमा औसत ब्याजदर १०.३२६ प्रतिशत थियो ।