18.9 C
Nepal
Tuesday, September 17, 2024

असोज महिनाका लागि ६ बैंकले ब्याजदर बढाए- ७ वटाले घटाए , बाँकी ४ बैंकको ब्याजदर स्थिर

असोज महिनाका लागी प्रकाशित ब्याजदरमा केही वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छन् ।

ब्याजदर घटाउनु पर्ने दबाब बैंकहरुलाई रहेतापनी केही बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर अचाक्ती बढाएका छन । अचाक्ली यो अर्थमा कि केही वाणिज्य बैंकको ब्याजदर विकास बैंकको भन्दा बढी रहेको देखिन्छ । यि वाणिज्य बैंकहरुले बिकास बैंकलाई पछाडि छोड्दै फाइनान्स कम्पनिको ब्याजको हाराहारी ब्याजदर घोषणा गरेको देखिन्छ । बिकास बैंक र फाइनान्स कम्पनिको समेत मुद्दती निक्षेप आफु तर्फ तान्ने रणनिती अनुरुप यि बैंकहरुले ब्याजदर बढाएका हुन ।

हिमालयन, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम कमर्सियल, नवील बैंकको मुद्धति निक्षेपतर्फको ब्याजदर ११ प्रतिशतभन्दा माथि पुर्याएका छन । संस्थागततर्फको ब्याजदर पनि ९ प्रतिशत माथि तोकेका छन । यि बैंकको ब्याजदर विकास बैंकको भन्दा बढी र बित्त कम्पनीहरुको भन्दा केही कम मात्र रहेको देखिन्छ ।

विकास बैंकहरुको असोज महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत घोषणा गरेका छन् भने संस्थागत तर्फको ब्याजदर ९ प्रतिशत रहेको छ ।

यस्तै, केही फाइनान्स कम्पनीको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ११.७५ र संस्थागतको ९.७५ प्रतिशत रहेको छ ।

हालसम्म प्रकासित र प्राप्त नयाँ ब्याजदर अनुसार १७ वाणिज्य बैंकमध्ये ६ वटाको बढाएका छन् भने ७ वटाले घटाएका छन् । बाँकी ४ वटाको ब्याजदर स्थिर रहेको छ ।

निक्षेपको ब्याजदर बढाउने बैंकहरुमा एभरेस्ट, हिमालयन, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, प्राइम कमर्सियल र नेपाल एसबीआई बैंक रहेका छन्। यी बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाउदै अधिकतम ११ प्रतिशत माथि र संस्थागतको ९ प्रतिशत माथि पुर्याएका छन ।

त्यसैगरी सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नेपाल बैंक, लक्ष्मी सनराइज, ग्लोबल आइएमई र कुमारीले ब्याजदर घटाएर प्रकाशित गरेका छन ।

त्यस्तै स्थिर ब्याजदर हुने बैंकहरुमा एनएमबी, सिद्धार्थ, प्रभु र माछापुच्छ्रे बैंक रहेका छन । यि बैंकले भाद्र महिनाकै ब्याजदरलाई असोज महिना पनि कायम राख्ने निर्णय गरेका छन ।

असोज महिनाका लागी प्रकाशित ब्याजदर

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here