19.9 C
Nepal
Sunday, September 28, 2025

आजबाट मिड सोलु हाइड्रोपावरको आईपीओ आबेदन खुला

spot_imgspot_imgspot_img

आज भदौ २९ गतेबाट मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बिक्री खुला भएको छ।

कम्पनीले सर्वसाधारणका लागि हिजोबाट आईपीओ जारी गर्ने भनेतापनी हिजो सार्बकनिक बिदा भएकोले यो आईपीओ आजबाट बिक्री खुला गरिएको हो।

कम्पनीले आफ्नो जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत अर्थात १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याएको थियो।

कुल निस्काशन भएको आइपिओ मध्ये नियमानुसार जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रकमबराबरको रु. १०० अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई पनि आइपिओ निस्कासन गरी बाँडफाँड गरिसकिएको छ ।

हाल १४ हजार ९६८ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको र ३७ हजार ४२० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि भनेर कम्पनिले निष्कासन गर्न लागेको हो ।

यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिनसक्नेछन्।

यसको निष्कासन बन्द छिटोमा असोज २ गते र ढिलोमा असोज १२ गते बैंकिङ समयपछि हुनेछ।

मिड सोलुको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here