सानिमा बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष२०७९–८० को मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। बैंकले सेयरधनीहरुलाई ९ प्रतिशत बोनस र ५.७० प्रतिशत नगद लाभांश (करसहित) दिनेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएर बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछी मात्र सेयरधनीले पाउनेछन ।