23.7 C
Nepal
Friday, September 20, 2024

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ९ लाखले पाए सेयर

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको क्यापिटलको कार्यालयमा दिउँसो २ बजे आईपीओ बाँडफाँड सम्पन्न गरिएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री गरेको थियो ।

यस आईपीओमा १४ लाख १३ हजार १५८ आवेदकबाट माग भएको १ करोड ५६ लाख ६ हजार ८२० कित्ता प्रमाणीकरण भएको छ। जसमा १४ लाख ७ हजार २३७ आवदेकबाट परेको १ करोड ५५ लाख २२ हजार ३७० कित्ता सदर भएको छ भने ५ हजार ९२१ आवेदकबाट परेको ८४ हजार ४५३ कित्ता बदर भएको छ।

गोलाप्रथाबाट बाँडफाँड गरिएको आइपिओमा ९ लाख आवेदकले १० कित्ताका दरले सेयर पाउदा सदर आवेदकमध्ये ५ लाख ७ हजार २३७ आवेदकको खाली भएको छ।

आईपीओको नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासन गर्ने कम्पनीको वेबसाइटमा र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिन्छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here