सनि सेक्युरिटिज कम्पनि लि. , ब्रोकर नं ४२ ले आफ्नो तेस्रो शाखा ( रिमोट वर्क स्टेशन ) देवचुलि नगरपालिका वार्ड नं १३, दलदले नवलपुरमा संचालनमा ल्याएको छ ।
नेपाल धितोपत्र वोर्ड तथा नेपाल स्टक एक्चेन्ज लि. बाट अनुमती लिएर सनि सेक्युरिटीज कम्पनिले दलदलेमा शाखा सञ्चालन गरेको हो ।
यस ब्रोकरले हालै धितोपत्र बोर्डबाट धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्राप्त गरेको थियो ।
यो सङ्गै अब यस सनि सेक्युरिटिजले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जिन कारोबारलगायतका सेवाहरु उपलब्ध गराउनेछ ।
कम्पनिले मुलुकका ७ वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।