25.5 C
Nepal
Monday, September 29, 2025

आइतबारबाट रिलायबल नेपाल लाइफको सेयर दोश्रो बजारमा कारोबार हुने, ओपनिङ रेन्ज कति ?

spot_imgspot_imgspot_img

आइतबारबाट दोस्रो बजारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबारमा आउने भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज रिलायबल नेपाल लाइफको सेयर सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँने भएतापनी भोली र पर्सी बिदा भएकोले यस कम्पनीको सेयर आइतबारबाट कारोबारमा आउने भएको हो।

नेप्सेमा रिलायबल लाइफको कुल ४ करोड कित्ता सेयर सूचीकृत भएकोमा संस्थापक समूहको २ करोड ८० लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १ करोड २० लाख कित्ता सेयर रहेको छ।

यस कम्पनिका लागि प्रतिकित्ता न्यूनतम १६२.२९ रुपैयाँ र अधिकतममा ४८६.८७ रुपैयाँ तोकिएको छ। आउँदो आइतबार प्रि–ओपसन सेसनमा यो कम्पनीको सेयर तोकेको रेन्जमा कारोबार भएमा नियमित सत्रका लागि कारोबार खुला हुनेछ ।

रिलायबल नेपाल लाइफले नेप्सेबाट ‘आरएनएलआई’ कारोबार संकेत पाएको छ।

यस कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणलाई बिक्री गरेको थियो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here