20.6 C
Nepal
Thursday, September 19, 2024

कांग्रेसको रुपान्तरण अभियानमा नयाँ नियम होटलमा नबस्ने, मदिरा सेवन नगर्ने

नेपाली कांग्रेस रूपान्तरण अभियानले आचारसंहिता घोषणा गरेको छ।

रूपान्तरण अभियानले दोस्रो चरणमा १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कार्यक्रम गर्नुअघि आचारसंहिता बनाएका हुन्।

मंसिरमा हुने कांग्रेस महासमिति बैठकलाई लक्षित गर्दै रूपान्तरण अभियानले निर्वाचन क्षेत्र केन्द्रित अभियान सुरू गरेको हो।

बिपीको जन्मजयन्तीका अवसर पारेर आइतबार ८ बुँदे आचारसंहितासमेत घोषणा गरिएको छ ।

अभियानका क्रममा विभिन्न जिल्ला र निर्वाचन क्षेत्रमा जाँदा होटलमा बस्न नपाइने र पार्टीका नेता, कार्यकर्ताकै घरमा बस्नुपर्ने नियम बनाइएको हो।

त्यस्तै तडकभडक र खर्चिलो यात्रा नगर्ने, माला र खादाको प्रयोग नगर्ने, तोकिएको समयमै कार्यक्रम सुरू गर्ने, विषयकेन्द्रित भएर भाषण गर्नुपर्ने र छोटकरीमा कुरा राख्नुपर्ने आचारसंहिता बनाइएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here