21.2 C
Nepal
Monday, September 16, 2024

यति, ओम्नी र मीनबहादुरको ओलीले बचाउ गरे

कपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यति होल्डिङ्स, ओम्नी ग्रुप र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङको बचाउ गरेका छन्।

आइतबार पार्टी कार्यालय च्यासल ललितपुरमा आयोजित एक कार्यक्रममा उनले दलाल पुँजीवादीहरुले यिनिहरुलाई खेदेको बताए ।

‘यति होल्डिङ्सलाई उनीहरू खेद्छन् किनभने त्यो राष्ट्रिय पुँजी हो। सोलुको एउटा शेर्पा भारी बोकेर हिँड्थ्यो रे बच्चैदेखि। त्यस्तो शेर्पाले आएर यहाँ हवाइजहाज पनि उडाएको छ। पर्यटन पनि चलाएको छ,’ ओलीले भने,‘ होटल पनि चलाएको छ। के पनि गरेको छ हेलिकप्टर पनि चलाएको छ। यसो गर्न पनि पाइन्छ। भारी बोकेर हिँड्नु पर्नेले यस्तो गर्ने भनेर उनीहरू खेद्छन्।’

उनले भने ‘माओवादीहरू गायत्री मन्त्र जप्दैनन्, ओम्नी ओम्नी भन्छन्। यति यति भन्छन्, भाटभटेनी भाटभटेनी भन्छन्। मीनबहादुर मीनबहादुर। गुरूङको छोरो भारी बोकेर आएको गर्न खान दिनु हुँदैन भन्छन्,’ ओलीले भने,‘उनीहरूले राष्ट्रिय पुँजीपतिहरूलाई छानी छानी लखेटेका छन्। विरूद्धमा कोही बोल्दा सांसद समातिन्छ, एउटा सचिव अधिकृत हुँदा हस्ताक्षर गरेका कारण विमानस्थलबाट समातिन्छ। यो दलाल पुँजीवादीहरुको तमासा हो।’

भाटभटेनीका सञ्चालक गुरूङ ललिता निवास प्रकरणमा प्रकाउ परेका थिए भने उनलाई आजै जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here