हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
भदौ २१ गतेदेखि खुलेको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन
अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो।
यस कम्पनिले बैदेशिक रोजगारमा रहेका नेपाली र सामुहिक लगानी कोषकालाई सेयर बाडफाड गरिसकेका छ ।
यसमा सर्बसाधारण लगानिकर्ताले २४ लाख २७ हजार ७५० कित्तामा आवेदन दिन पाउनेछन्।
सीडीएससीका अनुसार हिजो भदौ २४ गते साँझसम्म यो आईपीओमा १० लाख १० हजार ३४ आवेदकबाट कुल २ करोड ४१ लाख ९२ हजार ८४० कित्ता सेयरमा आबेदन परेको देखिन्छ ।यो मागभन्दा ९.९६ गुणाले बढी हो।
यो आईपीओमा सर्वसाधारणले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
हाथवे इन्भेस्टमेन्टको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।