8.1 C
Nepal
Saturday, January 18, 2025

हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओ ७.८ गुणा बढीले ओभरसब्सक्राइब्ड

हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओ ७.८ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

यस कम्पनीले भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो।

कम्पनिले ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने भने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको अवस्था छ ।

यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९२ हजार ५०० कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।

हाल सर्वसाधारणका लागि २४ लाख २७ हजार ७५० कित्तामा आवेदन खुल्ला गरिएको छ ।

सीडीएससीका अनुसार आज भदौ २३ गते साँझ ५ बजेसम्म यो आईपीओमा ७ लाख ८५ हजार ८९० आवेदकबाट कुल १ करोड ९० लाख ४८ हजार ९४० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ७.८ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ।

यो आईपीओमा सर्वसाधारणले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्वा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओमा आबेदन दिने अन्तिम मिती भदौ २५ गते ५ बजेसम्म रहनेछ हुनेछ।

यस कम्पनिको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here