31.6 C
Nepal
Friday, September 20, 2024

सिनर्जी पावरको ४० लाख बढी कित्ताको हकप्रदमा आबेदन दिने मिती थपियो

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयरमा आवेदन दिनका लागि समय थप गरिएको छ ।

कम्पनीले भदौ ३ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेकोमा सबैले हकप्रद भरुन भन्ने उदेस्यले आबेदन दिने समय थप गरिएको छ ।

आज सम्म अन्तिम मिती रहेकोमा सञ्चालक समितिले छुटका लागि भन्दै भदौ ३१ गतेसम्म म्याद थप गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर अर्थात १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्नेछ।

हकप्रद सेयर बिक्रीपछि सिनर्जी पावरको चुक्तापुँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ पुग्नेछ।

सेयरधनीहरुले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन खरिद आवेदन दिन सकिनेछ।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनी गत साउन १२ गते बुक क्लोज गरेको हुनाले गत साउन ११ गतेसम्म कायम सेयरधनीहरुले यो हकप्रदमा आवेदन दिन पाउनेछन्।

सिनर्जी पवारको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here