9.4 C
Nepal
Monday, January 20, 2025

माण्डु हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुदै

माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ।

माण्डु हाइड्रोपावरको आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले क्यापिटलको कार्यालयमा बाँडफाँड गर्न लागेको हो।

कम्पनीले गत भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

यो आईपीओमा कम्पनीले अङ्कित मुल्य १००मा १०६ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा आइपिओ जारी गरेको थियो ।

कम्पनिले १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारणका लागि खुल्ला गरेको थियो।

सीडीएससीका अनुसार यो आईपीओमा अन्तिम दिन साँझसम्म ९ लाख ८० हजार ५३ आवेदकबाट १ करोड ६ लाख ९५ हजार ३३० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ८.८७ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने छ ।

जसमध्ये १ लाख २० हजार ५३२ आवेदकले १० कित्ताका दरले सेयर पाउदा साढे ८ लाख बढीको हात खाली हुने देखिन्छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here