9.4 C
Nepal
Monday, January 20, 2025

सानीमा बैंकले १७ प्रतिसत लाभांश बाड्ने तयारी , बित्तिय बिबरण राष्ट्र बैंकमा

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरणको लागि आबस्यक प्रकृया अगाडि बढाएको छ । यसक लागि बैंकले वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरेको छ ।

बैंकले बिहीबार प्रारम्भिक स्वीकृतिको लागि विवरण पठाएकोमा अर्को हप्ता सम्म स्वीकृति पाउने सम्भावना रहेको छ ।

२ अर्ब २० करोड ९६ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको यस बैंकको चुक्ता पुँजी १२ अर्ब ४६ करोड १ लाख रुपैयाँ छ। यसरी हेर्दा बैंकको लाभांश क्षमता १७.७३ प्रतिशत लाभांश रहेको देखिन्छ ।

राष्ट्र बैंकले परिक्षण गर्दा अन्य कुनै प्रोभिजन थप गर्नु पर्ने नदेखिएमा प्रस्तावित लाभांश वितरण राष्ट्र बैंकले स्वीकृति दिनेछ ।

राष्ट्र बैंक सुपरिवेक्षण विभागले बैंकको वित्तीय विवरणलाई प्रारम्भिक स्वीकृति दिएपछी बैंकको सञ्चालक समितिको बैठक बसी लाभांश क्षमता अनुसार लाभांश घोषणा गर्नेछ।

सन्चालक समितिले प्रस्ताब गरेको लाभांशमा राष्ट्र बैंकले अन्तिम स्वीकृति दिनेछ र त्यसपछी वार्षिक साधारण सभाबाट पारीत हुनेछ ।

राष्ट्र बैंकबाट विवरणको प्रारम्भिक स्वीकृति पछी पनि बैंकले लाभांश घटबढ गर्न सक्छ । बैंकले क्षमता अनुसारको लाभांश नदीई रिजर्भमा पैसा राख्न पनि पाउनेछन , यो कुरा बैंकका सन्चालकहरुको मूडमा भर पर्छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here