20.7 C
Nepal
Thursday, September 19, 2024

सिटिजन लाइफद्वारा आईपिओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दर्ता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गराएको छ । कम्पनीले बोर्डमा हिजो (शुक्रबार) आवेदन दर्ता गराएको हो ।

कम्पनीले कूल एक करोड १२ लाख ५० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँमा १९० रुपैयाँ प्रिमियम थप गरी कूल २९० रुपैयाँमा बिक्री गर्न बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले एक करोड १२ लाख ५० हजार कित्ता आईपिओ बिक्रीबाट अतिरिक्त दुई अर्ब १३ करोड ७५ लाख रुपैयाँ थप पुँजि संकलन गर्नेछ । साथै कम्पनीले शेयर पुँजि बापत एक अर्ब १२ करोड ५० लाख रुपैयाँ पुँजी थप हुनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here